प्रधानमन्त्री कार्कीको सचिवालयको संख्या ६ जनाको मात्र, १४ जनालाई हटाइयो

२०८२ मङ्सिर १० बुधबार
सारांश
  • प्रधानमन्त्री कार्कीले आफ्नो २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएर ६ जना मात्र कायम राखेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले जानकारी दिएको छ ।

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयको संख्यामा कटौती गरेकी छन् । 

 

प्रधानमन्त्री कार्कीले आफ्नो २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएर ६ जना मात्र कायम राखेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले जानकारी दिएको छ ।

 

प्रधानमन्त्री कार्कीले आफ्नो श्रीमतीलाई सचिवालयमा नियुक्ति दिएका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई भने हटाएकी छैनन् । 

 

कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ गरि ६ जना मात्र रहने भएका छन् ।

 

प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले श्रीमती संगीतालाई सचिवालयमा नियुक्ति गरेको सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार