जेनजी २.० संगठनका युवाहरुले गृहमन्त्रीलाई भेटेर भने, सरकारले हामीहरुप्रति गलत व्यवहार गर्यो
२०८२ मङ्सिर ०७ आइतवार
- आइतबार गृहमन्त्रालय पुगेका जेनजी २.० का प्रवक्ता अविन लिम्बुले गृहमन्त्रीसँगको भेटमा २३ गते घटना घटाउनेहरुलाई कारबाही गर्नुंपर्ने माग गरिएको बताए ।
काठमाडौं : आज जेनजी २.० संगठनका युवाहरुले गृहमन्त्री ओम प्रकाश अर्याललाई पछिल्लो समय सरकारले जेनजी युवाहरुप्रति गरेको व्यवहार गलत रहेको बताएका छन् ।
आइतबार गृहमन्त्रालय पुगेका जेनजी २.० का प्रवक्ता अविन लिम्बुले गृहमन्त्रीसँगको भेटमा २३ गते घटना घटाउनेहरुलाई कारबाही गर्नुंपर्ने माग गरिएको बताए ।
उनले भने, ‘गृहमन्त्रीसँग हाम्रो भेट भयो, हामीले उहाँसँग भदौ २३ गते नआई २४ गते आउदैन । २३ गते जुन घटना घट्यो त्यसका त्यो घटना घटाउनेहरुलाई कारबाही गर्नुपर्छ । अर्को कुरा २४ गते जुन उदण्ड मच्चियो त्यसमा २३ गते घटेको घटनाको ठुलो हात थियो त्यसकारण २३ गते घटना घटाउनेहरुलाई पक्राउ गर्नुहोस् र २४ गतेलाई नछोड्नुहोस् । अपराध गरेकै हो अपराधीकरण त गर्नैपर्यो ।’
प्रवक्ता लिम्बुले युवाहरु सरकारको पर्खाल रहेको बताउँदै सरकारलाई चाहिने सहयोग गर्ने बताए ।
‘हामी सरकारको पर्खाल हौं । सरकारलाई चाहिने सबै कुराको सहयोग गर्न हामी तयार छौं,’ उनले भने ।
यस्तै जेनजी २.० संगठनका केन्द्रिय सचिवमा कुन्दन कुशवाहाका अनुसार हालको सरकारले जेनजी आन्दोलनको माग अनुसार काम नगरेको भन्दै सरकारले जेनजी युवाहरुप्रति गरेको व्यवहार गलत रहेको बताए ।
उनले भने, ‘जेनजीहरुको सरकार, नागरिकहरुको सरकार, जेनजीको रगतले बनेको सरकारले खासमा सहित र घाइते परिवारको म्यान्डेट अनुसार, आन्दोलनको म्यान्डेट अनुसार काम गर्नुपर्ने तर अहिले गृहमन्त्री ज्यूले जुन प्रकारले काम गरिरहनु भएको छ यो सरासर गलत हो ।’
उनले पुराना राजनीतिक दलहरुको टार्गेटमा युवाहरु रहेको भन्दै युवालाई सुरक्षा दिनुपर्ने ठाउँमा सरकारले पुराना राजनीतिक दलहरुलाई नै सुरक्षा दिइरहेको बताए ।
‘पुराना राजनीतिक दलहरुले हामीलाई टार्गेटमा राखेको छ । हामीलाई सुरक्षा दिनुपर्ने ठाउँमा सरकारले पुराना राजनीतिक दलहरुलाई नै सुरक्षा दिइरहेको छ । हामी के चाहान्छौ भने शान्ति, सुरक्षा चाहान्छौ । अहिलेको नागरिक सरकारलाई हामी सघाउन पनि चाहान्छौ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’