प्रगतिशिल लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा आज हुँदै

२०८२ मङ्सिर ०७ आइतवार
सारांश
  • डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारसहितका नेताहरुले आज नयाँ दल घोषणा गर्दैछन् ।

काठमाण्डौ, ७ मङ्सिर । डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारसहितका नेताहरुले आज नयाँ दल घोषणा गर्दैछन् ।

 

बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी (नयाँ शक्ति) पार्टी, माओवादी केन्द्र छोडेका जनार्दन शर्माको प्रगतिशील अभियान र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारलगायत मिलेर गठन हुन लागेको प्रगतिशिल लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा आज हुन लागेको हो ।

 

पार्टी अध्यक्ष परिषद बनाएर नेतृत्व चयन गर्ने तयारी भएको नेताहरुले जानकारी दिएका छन् । पाँच जनासम्मको अध्यक्ष परिषद र एक संरक्षक बनाउने मोटामोटी सहमति भएको छ । त्यस्तै १५१ सदस्यीय केन्द्रीय समित बनाउने तयारी भएको छ ।

 

बृहत एकता घोषणा सभा नाम दिइएको कायर्क्रम बिहान ११ बजे राष्ट्रिय सभा गृहमा हुने बताइएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार