उपेन्द्र नेतृत्वको जसपा नेपालबाट देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक
२०८२ मङ्सिर ०६ आइतवार
- बस्नेतका अनुसार आवश्यकता अनुसार थप विरोध कार्यक्रमहरू सम्बन्धित जिल्ला समिति वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्न सकिने बताइएको छ ।
काठमाडौं: उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टीले आसन्न दिनहरूमा चरणबद्ध रूपमा शान्तिपूर्ण विरोध, धर्ना र जनसभाहरू सञ्चालन गर्ने निर्णय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
उनका अनुसार पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर १० गते देशभरका सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ ।
मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका शहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा र जनपरिचालन अभियान हुने छन् भने मंसिर १९ देखि २१ गतेसम्म जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम रहेको बस्नेतले जानकारी दिए ।
त्यस्तै मंसिर २७ देखि पौष ४ गतेसम्म देशभर जिल्ला-स्तरीय विरोध सभा तथा जनसभा आयोजना गर्नेछ । प्रदेश-स्तरीय जनप्रदर्शन तथा विरोध सभा कार्यक्रम भने पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगन्ज र १७ नेपालगन्ज/भैरहवामा गर्ने तय भएको छ ।
बस्नेतका अनुसार आवश्यकता अनुसार थप विरोध कार्यक्रमहरू सम्बन्धित जिल्ला समिति वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्न सकिने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’