फागुन २१ को निर्वाचनमा सेना परिचालनको सिफारिस गर्ने राष्ट्रिय सुरक्षा परिषदको निर्णय
२०८२ मङ्सिर ०४ विहिवार
- बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरु तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरु र अपनाउनु पर्ने भावी रणनीतिहरुको सम्बन्धमा छलफल भएको रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले जानकारी दिएका छन् ।
विहिबार सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री एवम् राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरु तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरु र अपनाउनु पर्ने भावी रणनीतिहरुको सम्बन्धमा छलफल भएको रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि समेत छलफल भई उक्त मस्यौदालाई आवश्यक संशोधन सहित स्वीकृत गरी नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ ।
बैठकमा अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षासचिवको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’