एमालेका नेताहरुलाई बारा जान रोकिएको घटना बारे विश्वप्रकाशले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
२०८२ मङ्सिर ०३ बुधवार
- उनले मधेशले सहि कर्म नगरेको भन्दै महामन्त्री शर्माले भ्रमणको वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका नेताहरुलाई बारा जानबाट रोकिएको घटनाप्रति टिप्पणी गर्दै भ्रमणको वातावरण नबनाएर चुनाव कसरी हुन्छ ? भन्ने प्रश्न गरेका छन् ।
उनले मधेशले सहि कर्म नगरेको भन्दै महामन्त्री शर्माले भ्रमणको वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
उनले भनेका छन्-
एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं । मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ । जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं । तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन । त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो ।
त्यसैले सिमरा घटना दु:खद ! प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ? सामाजिक संजाल निषेध विरुद्ध उभिने जेनजी कसैको समाज भ्रमण अधिकार´ विरुद्ध उभिन सक्दैनन् । अत सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’