भिमार्जुन आचार्यको प्रश्न- नेताहरूलाई आफ्ना सभामा जान रोकेर कसरी चुनाव हुन्छ ?

२०८२ मङ्सिर ०३ बुधवार
सारांश
  • सामाजिक सञ्जालमा टिप्पणी गर्दै आचार्यले आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ भनेर प्रश्न गरेका छन् ।

काठमाडौँ : संबिधानविद डा. भिमार्जुन आचार्य नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लगाएर कसरी चुनाव हुन्छ भन्दै प्रश्न गरेका छन् ।

 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै आचार्यले आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ भनेर प्रश्न गरेका छन् ।

 

उनले जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्न आग्रह गर्दै आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने बताएका छन् ।

 

उनले भनेका छन्:   

नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ? आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ? जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्यो । उत्तेजना बढाउने काम कसैको हितमा हुदैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार