निर्वाचन गरेर संवैधानिक रिक्तता टार्न प्रधानमन्त्री कार्कीले खोजिन नागरिक अगुवाहरुको साथ
२०८२ मङ्सिर ०१ सोमवार
- सोमबार भएको छलफलमा प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूबीच अविश्वास बढेको र निष्पक्ष आवाजले समाजलाई जोड्ने सेतुको रूपमा नागरिक अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।
काठमाडौँ : प्रधानमन्त्री सुशिला कार्कीले नागरिक समाजका अगुवाहरूलाई छलफल गरेकी छन् ।
सोमबार भएको छलफलमा प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूबीच अविश्वास बढेको र निष्पक्ष आवाजले समाजलाई जोड्ने सेतुको रूपमा नागरिक अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।
उनले अहिले सरकार मुख्यतः तीनवटा मोर्चा संवैधानिक अडान, प्रशासनिक तयारी र बढ्दो युवा असन्तुष्टिमा सङ्घर्ष गरिरहेको बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा मात्र नभएर यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व भएको बताएकी छन् । उनले केही पक्षले सिर्जना गरेका अन्योललाई चिर्दै, नागरिक समाजले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध गरेकी छन् ।
उनले निर्वाचन आयोगको कार्यक्षमता बढाउन हामी निर्वाचन आयोगको नेतृत्वसँग निरन्तर संवादमा रहेको र सरकारको प्राथमिकता 'सुरक्षा र सुशासन' भएको स्पष्ट गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनलाई हामीले केवल 'कानुन व्यवस्थाको विषय' मात्र नमानेको बताउदै यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति भएको र जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम देखेको उल्लेख गरिन् ।
यस निर्वाचनको सफलतामा मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर रहेको बताउदै प्रधानमन्त्री कार्कीले यसपटक असफल भएमा देश लामो राजनीतिक अन्योल र संवैधानिक सङ्कटमा धकेलिने चिन्ता प्रकट गरेकी छन् । उनले नागरिक समाजका नेताहरूको रूपमा सरकार र दलहरूबीच विश्वासको वातावरण बनाउन र आम जनतालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्नका लागि 'तेस्रो शक्ति' को रूपमा सक्रिय र निर्णायक भूमिका खेल्न नागरिक अगुवाहरुलाई आग्रह समेत गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।