प्रधानमन्त्री कार्कीविरूद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता
२०८२ मङ्सिर ०१ सोमवार
- राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरूद्ध अदालतको अवहेलना मुद्दा परेको हो ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीविरूद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ ।
राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरूद्ध अदालतको अवहेलना मुद्दा परेको हो ।
अधिवक्ता प्रेम सिलवालले दायर गरेको मुद्दामा प्रधानमन्त्री कार्कीले अदालतको आदेश कार्यान्वयन नगरेकाले कारबाही गर्न माग गरिएको छ ।
सर्वोच्च अदालतले गत कात्तिक १६ गते ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर सरकारले ती राजदूतलाई परराष्ट्र मन्त्रालयमै हाजिर हुन कात्तिक १७ गते निर्देशन दिएको थियो । त्यसपछि राजदूतहरू फिर्ता भएर केहीले राजीनामा दिएका छन् भने केही परराष्ट्र मन्त्रालयमै हाजिर गरिरहेका छन् ।
प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको निवेदनको सुनुवाइका लागि मंसिर ७ गतेको पेशी तोकिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’