काँग्रेसमा महाधिवेशन विवाद: कार्यसम्पादन समितिको बैठक बस्दै
२०८२ कार्तिक २८ शुक्रवार
- बैठक ललितपुरको धोबीघाटस्थित कार्यबाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बस्न लागेको हो ।
काठमाडौं : एक महिनादेखि महाधिवेशन बारे निर्णय गर्न नसकेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक ललितपुरको धोबीघाटस्थित कार्यबाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बस्न लागेको हो । महाधिवेशनबारे पार्टीमा विवाद बढेपछि शनिबार बस्ने बैठक अघि सहमति जुटाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।
यस अघि विहिबार बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको पक्षमा शिर्ष नेताहरु नदेखिएको भन्दै अब तत्काल निर्णय गरेर विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेपछि संस्थापन पक्ष दबाबमा परेको छ । संस्थापन पक्षका शिर्ष नेता भने फागुन २१ को चुनावपछि मात्र अधिवेशन गर्ने पक्षमा रहेको छ ।
गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको कांग्रेस केन्द्रीय समितिको अर्को बैठक शनिबार २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरि बोलाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।