एमालेले बोलायो विघटन भएको प्रतिनिधिसभाका सांसदहरूको बैठक

२०८२ कार्तिक २४ सोमवार
सारांश
  • विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मुलुकको राजनीतिक परिस्थिति बारे छलफल गर्नका लागि आगामी मंसिर २ गते विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक बोलाइएको हो ।

काठमाडौँ : नेकपा एमालेले विघटित प्रतिनिधिसभामा रहेका सांसदहरूको बैठक बोलाएको छ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरिरहेको एमालेले सांसदहरूको बैठक बोलाएको हो । 

 

विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मुलुकको राजनीतिक परिस्थिति बारे छलफल गर्नका लागि आगामी मंसिर २ गते विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक बोलाइएको हो । 

 

प्रतिनिधिसभा विघटनका सम्बन्धमा केन्द्रीय समितिलाई दबाब दिनका लागि कांग्रेसका केहि सांसदले पनि हस्ताक्षर संकलन गरिरहेका छन् ।

 

जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएसँगै भदौ २७ मा प्रतिनिधिसभा विघटन गरिएको थियो । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ मा चुनावको घोषणा गरिएको छ र सरकारले चुनावको तयारी गरिरहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार