राप्रपा मकवानपुरको जिल्ला अधिवेशन मङ्सिरमा, दुवै क्षेत्रमा बहुमत ल्याउने तयारी
२०८२ कार्तिक २४ सोमवार
- अधिवेशनमा जिल्लाका सबै दश स्थानीय तहको प्रतिनिधित्व रहने र सशक्त ढंगले तयारी भइरहेको कार्यवाहक अध्यक्ष सागर थापाले बताएका छन् ।
हेटौँडा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले मङ्सिरको पहिलो या दोस्रो हप्तामा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । अधिवेशनमा जिल्लाका सबै दश स्थानीय तहको प्रतिनिधित्व रहने र सशक्त ढंगले तयारी भइरहेको कार्यवाहक अध्यक्ष सागर थापाले बताएका छन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै थापाले भने, ‘गत निर्वाचनमा जसरी राप्रपाको वर्चस्व बनेको थियो, त्यसरी नै यसपटक पनि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा हामी बलियो उपस्थितिका साथ जानेछौँ ।’
उनका अनुसार आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपाले मकवानपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ दुवैमा उम्मेदवार उठाउनेछ र बहुमतसहित विजय हासिल गर्ने लक्ष्य लिएको छ ।
थापाले हालको राजनीतिक परिवेश र जनभावनाको आधारमा राप्रपा देशको सबैभन्दा ठूलो दल बन्ने संकेत स्पष्ट देखिएको उल्लेख गरे ।
उनले भने, ‘राप्रपा अब जनताको वैकल्पिक मात्र होइन, मुख्य शक्ति बन्ने दिशामा अघि बढिसकेको छ ।’
राप्रपाले हाल पार्टी संगठन सुदृढीकरण र सदस्यता विस्तार अभियानलाई तीव्रता दिएको छ । अधिवेशनपछि प्रदेश र केन्द्रीय महाधिवेशनको तयारी समेत अघि बढाइने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।