मधेशमा सत्ताको खेल: एमाले नेता यादवले लिए होटलमा मुख्यमन्त्रीको शपथ

२०८२ कार्तिक २४ सोमवार
सारांश
  • विरामी भएको भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले सिन्धुलीको एक होटलमा यादवलाई मुख्यमन्त्रीको शपथ गराएकी छिन् ।

काठमाडौँ, २४ कार्त्तिक । मधेस प्रदेशमा सत्ता राजनीतिको नयाँ खेल भएको छ । प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएपछि राजनीतिको नाटकीय खेल बाहिर आएको हो ।

 

विरामी भएको भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले सिन्धुलीको एक होटलमा यादवलाई मुख्यमन्त्रीको शपथ गराएकी छिन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।

 

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले यसप्रति असन्तुष्टि जनाउदै मधेशका जनतासँग धोका भएको बताएका छन् । उनले भनेका छन्- मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ उपचारको नाममा निस्केकी मधेश  प्रदेशकी  प्रदेश प्रमुख सुमित्रा सुवेदी भन्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् । एक त महिला अर्को स्वास्थको कुरा गरिन् ।'

सोनलले विश्वासको मत नपाउने भएपछि शनिबार राजीनामा दिएका थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार