नेपालका कम्युनिष्ट निरर्थक शब्दजालमा फसेको बाबुरामको टिप्पणी
२०८२ कार्तिक २४ सोमवार
- सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले आफुहरुको उमेर 'श' मशाल र 'स' मसाल को बारेमा विवाद गर्दा वितेको उल्लेख गर्दै अहिले फेरी नेपाल कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टी राम्रो भन्ने बहस शुरु भएको टिप्पणी गरेका हुन् ।
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट पार्टी बारे व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले आफुहरुको उमेर 'श' मशाल र 'स' मसाल को बारेमा विवाद गर्दा वितेको उल्लेख गर्दै अहिले फेरी नेपाल कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टी राम्रो भन्ने बहस शुरु भएको टिप्पणी गरेका हुन् ।
बाबुरामले नयाँ पुस्तालाई यथार्थपरक वैचारिक दिशातर्फ उन्मुख हुन आग्रह गर्दै वामपन्थी दलहरूबीचको नाम र प्रतीकका विवादलाई निरर्थक शब्दजालको रूपमा चित्रित गर्दै यस्तो विवादले देशका वास्तविक समस्या बेरोजगारी, श्रम–निर्यात र आयात–निर्भर अर्थतन्त्र समाधान गर्न नसक्ने उल्लेख अग्रेका छन् ।
उनले भनेका छन्:
हाम्रो युवा उमेर मोटो 'श' (मशाल) कि पातलो 'स' (मसाल) राम्रो ? भन्ने अन्तहीन विवादमा गुज्रेको थियो। गुरूहरु अझै नेतृत्वमै हुनुहुन्छ । अब अर्को पुस्ताको जीवन 'अ' कार (नेपा 'ल' कम्युनिष्ट पार्टी) राम्रो कि 'ई' कार (नेपा 'ली' कम्युनिष्ट पार्टी) राम्रो ? भन्ने गलफत्तीमा जाने भो!
लाखौं वेरोजगार सर्वहारा/श्रमिक विदेशिने र श्रम -निर्यात तथा वस्तु-आयातको परनिर्भरताको दुष्चक्र चाहिं तोडिने भन्दा कस्सिने क्रम यथावत् छ! तिनले यो बहसलाई 'वे' कार नभनून् !
अतः यस्तो निरर्थक शब्दजालमा अल्झनु /अल्झाउनु सट्टा मार्क्सले प्रतिपादन गरेको द्वन्दात्मक भौतिकवादी चिन्तनपद्धति र पछिल्लो ज्ञानविज्ञानमा उभिएर अहिलेको चौथो औद्योगिक क्रान्ति ( डिजिटल क्रान्ति, जेनेटिक क्रान्ति, नानो-प्रविधि, ए आइ आदि) -ले सिर्जना गरेको विश्वपरिस्थिति, नेपालको भर्खरै पहिलो औद्योगिक क्रान्तिको चरणमा प्रवेशको अवस्था, गत सय बर्षका समाजवाद निर्माणका सफलता र असफलता, भर्खरै देशमा भएको चमत्कारिक जेन-जी विद्रोह लगायतको गहन विश्लेषण गर्ने र देश-काल सापेक्ष नयाँ विचार, नीति, कार्यक्रम, संगठन,नेतृत्वको विकल्प तयार गर्नुपर्ने हैन र ?
कणहरूको जो मर्जी!
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुरुङभित्र फसेकाको उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो- भीष्मराज आङ्देम्बे
-
प्रधानमन्त्री शाहले भने- मन भक्कानिए पनि एक आपसमा बिलौना गर्ने अवस्था छैन
-
नेपालमा अमेरिकी 'ट्राभल एड्भाइजरी': बाढी-पहिरोको जोखिमका बीच 'जनविद्रोह' को चेतावनी किन ?
-
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
-
चीनतर्फको केरुङ सडक खुल्यो, उद्धार कार्य तीव्र
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।