प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगी हुन् : महेश बस्नेत

२०८२ कार्तिक २३ आइतवार
सारांश
  • कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पदको लागि पार्टीको नाम समेत फेरेको दाबी गरे  ।

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पद र पावरको भोगी रहेको बताएका छन् ।

 

उनीहरुबीच धेरै कुरा नमिलेपनि पद र पावर बिना बस्न नसक्ने कुरा भने मिलेको भन्दै वस्नेतले व्यङ्ग्य गरेका हुन् ।

 

कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पदको लागि पार्टीको नाम समेत फेरेको दाबी गरे  ।

 

‘माधव नेपाल र प्रचण्ड कमरेडको धेरै कुराहरू मिल्दैन् । तर एउटा समान कुरा चाही मिल्ने गरेको छ । त्यो भनेको पद र पावर हो ।  हिजो सशक्त क्रान्तिको अगुवाइ गरेको वा क्रान्तिको नेतृत्व गरेको पार्टी नेकपा माओवादी जोबाट प्रचण्डले आफूलाई धेरै गौरव गर्नुहुन्थ्यो । त्यो पार्टीको नामै फेर्न तयार हुनुभयो । यसबारे हामीले बुझिहाल्यौं,’उनले भने  ।

 

उनले  पुराना रुखका पात झरेर मल बन्छ तर एमालेबाट माधव कुमार नेपाल पात बनि झरेतापनि काम नलागेको बताए । नेपाल एमालेबाट झरेता पनि माओवादीको मल बनेर एमालेविरूद्ध नै प्रयोग हुने खतरा बढेको समेत बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार