- ओलीले अहिले लोकतन्त्र नभएको बेला मिडिया क्षेत्रको साथमा एमाले रहेको बताउदै ओलीले हिजो लोकतन्त्र भएको समयमा समेत आफुहरुले गलत समाचार लेख्दा पनि कारवाही नगरेको बताए ।
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धम्कीको भरमा देश नचल्ने चेतावनी दिएका छन् । राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सञ्चारकर्मीलाई कसैबाट धम्की आएमा युवा संघलाई खबर गर्न आग्रह गरेका हुन् ।
ओलीले अहिले लोकतन्त्र नभएको बेला मिडिया क्षेत्रको साथमा एमाले रहेको बताउदै ओलीले हिजो लोकतन्त्र भएको समयमा समेत आफुहरुले गलत समाचार लेख्दा पनि कारवाही नगरेको बताए । अहिले एउटा टेलिफोनको भरमा त्रासको वातावरण बनेको दाबि गर्दै उल्लेखले युवा संघलाई खबर गरेमा सुरक्षा दिने समेत बताए ।
देशका १६ सय भन्दा बढी संरचना जलाएर देशको अर्थतन्त्रलाई २५ बर्ष पछि धकेलिएको बताए । साथै उनले कुलमान घिसिङप्रति इंगित गर्दै केहि तत्वले विद्युत बन्द गरेर उद्योग बन्द गरेर देशको अर्थतन्त्र ध्वस्त पार्न लागेको बताए ।
उनले भने- 'अब देशलाई भन्न चाहन्छु, कोहि पनि नडराउनुस, सबैको सुरक्षा एमालेले गर्ने छ । देशमा अब कसैका घर, उद्योग र स्टोर जल्न दिने छैन । हामीले यस्तो अवस्था देख्यौं जनताको सुरक्षा आफैले नगर्ने हो भने सुरक्षा गर्न नसकिने रहेछ । अब जनताको सुरक्षा जनताले नै गर्नुपर्ने अवस्था आएको छ ।'
देशमा शान्ति सुव्यवस्था र न्याय नभएको दाबि गर्दै मेरो घरमा आगजनी गरेको मान्छे यो हो भन्दा पनि प्रहरीले उजुरी नलिने र पक्राउ गरेकालाई छोड्ने गरेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।