क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव

२०८२ कार्तिक २३ आइतवार
सारांश
  • पार्टीका महासचिव सीपी गजुरेल (गौरव) द्वारा जारी प्रेस विज्ञप्तिमा नेपालको वर्तमान सत्ता संरचना ‘दलाल पूँजीवादी राज्यसत्ता’ भएको आरोप लगाउँदै यसको विकल्पमा स्वतन्त्र र जनमुखी सरकार आवश्यक रहेको उल्लेख गरिएको छ ।

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशमा स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

 

पार्टीका महासचिव सीपी गजुरेल (गौरव) द्वारा जारी प्रेस विज्ञप्तिमा नेपालको वर्तमान सत्ता संरचना ‘दलाल पूँजीवादी राज्यसत्ता’ भएको आरोप लगाउँदै यसको विकल्पमा स्वतन्त्र र जनमुखी सरकार आवश्यक रहेको उल्लेख गरिएको छ ।

 

पार्टीले हालको अस्थायी सरकारलाई ‘कठपुतली सरकार’ भन्दै यसले जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सञ्चारसम्बन्धी समस्या झन् गम्भीर बनाएको दाबी गरेको छ ।

 

विज्ञप्तिमा भनिएको छ, ‘यो नवऔपनिवेशिक जंजीरलाई तोड्न राष्ट्रिय राजनीतिक सम्मेलन गरी देशभक्त, क्रान्तिकारी र वामपन्थी शक्तिहरूबीच संयुक्त मोर्चा निर्माण गर्नुपर्छ ।’

 

पार्टीले जारी गरेको कार्यक्रम अनुसार, कार्तिक २८ गते गाउँ तथा नगरपालिका केन्द्रित जनसभा गर्ने, र मंसिर १ गते देशव्यापी पर्चा वितरण अभियान चलाइनेछ ।

 

साथै मंसिर ७ गते देशका प्रमुख सहरहरू महेन्द्रनगर, धनगढी, सुर्खेत, घोराही, बुटवल, बाग्लुङ, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, विरगञ्ज, धनुषा, गाईघाट, धरान र विराटनगरमा जनसभा आयोजना गरिने बताइएको छ ।

 

पार्टीले मंसिर महिनाभर ‘भ्रष्टाचारी र दलालहरूको भण्डाफोर’ गर्ने र पौष ११ गते माओ दिवसका अवसरमा केन्द्रीय जनसभा आयोजना गर्ने पनि जनाएको छ ।

 

महासचिव गौरवले पत्रकार तथा जनसमुदायसँग यी सबै कार्यक्रमहरूमा समर्थन र सहयोगको अपिल गरेका छन् । पार्टीले यी कार्यक्रमहरूको समीक्षा गरी आगामी राजनीतिक योजना तय गर्ने जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार