काँग्रेस केन्द्रीय समितिको बैठक मङ्गलवारसम्मका लागि सर्यो

२०८२ कार्तिक २३ आइतवार
सारांश
  • कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ गतेदेखि जारी रहेको छ । अब अर्को बैठक मंगलबार बिहान साढे ११ बजे बस्ने मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

काठमाडौँ, २३ कार्त्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलवारसम्मका लागि स्थगित भएको छ। आज बिहान ११: ३० बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको मङ्गलवारसम्मको लागि स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनको शोकमा कांग्रेसले आजको बैठक सारेको हो ।

 

असोज २८ बाट सुरु भएको कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् ।

 

कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ गतेदेखि जारी रहेको छ । अब अर्को बैठक मंगलबार बिहान साढे ११ बजे बस्ने मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार