- शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले ३८० जनालाई पक्राउ र १५० जनालाई विभिन्न मुद्दाहरु चलेको जानकारी दिँदै कानुनी राज्यको वहाली भइसकेको बताए ।
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा अपराधिक तत्वहरुले प्रवेश पाएको र देशमा क्षति पुर्याएको बताएका छन् । त्यसलाई राज्यले सम्बोधन गरेको पनि उनले बताए ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले ३८० जनालाई पक्राउ र १५० जनालाई विभिन्न मुद्दाहरु चलेको जानकारी दिँदै कानुनी राज्यको वहाली भइसकेको बताए ।
मन्त्री अर्यालले सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा अझ रचनात्मक रुपमा दिने दावी गरे ।
उनले भने,‘जेनजी आन्दोलनको क्रममा घुसपैठ भयो । त्यहाँ अपराधिक तत्वहरुले प्रवेश पाए र क्षति गरे । तर त्यसलाई राज्यले सम्बोधन गरेको छ । ३८० जनालाई पक्राउ गरेको छ । १५० जनालाई विभिन्न मुद्दाहरु चलेको छ । त्यसैले कानुनी राज्यको वहाली भइसकेको छ । यसमा सरकार प्रतिबद्ध छ । उद्योगी व्यवसायीहरुको सुरक्षा सरकारले पहिलेभन्दा रचनात्मक रुपमा दिने छ ।’
त्यस्तै उनले अब कुनै नेता र मन्त्रीलाई रिझाउनुपर्ने अवस्था नरहेको भन्दै सुशासनको मामिलामा अब फरक ढंगले हेरिदिन आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।