संविधान जनताले नै बनाउनुपर्छ, लोकतन्त्र अझै अपूर्ण छ: बाबुराम भट्टराई
२०८२ कार्तिक २० बिहिवार
- उनले जनताको प्रत्यक्ष सहभागिताबिनाको व्यवस्था पूर्ण लोकतन्त्र हुन नसक्ने बताए । उनले भने, ‘जनताले आफ्नो संविधान नबनाएसम्म लोकतन्त्र पूरा हुँदैन । अबको लोकतन्त्र भनेको एउटा व्यक्तिको निजी स्वतन्त्रताको कुरा मात्रै होइन,चुनावमा भोट हाल्ने स्वतन्त्रता मात्रै होइन । वर्ग, जाति, क्षेत्र सबैको सहभागितामूलक लोकतन्त्र चाहिन्छ ।’
काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताले आफैं संविधान बनाउनुपर्ने बताएका छन् । जेन–जेड पुस्ताका अगुवाहरूसँग अन्तरसंवाद गर्दै उनले वर्तमान लोकतन्त्र अझै अपूर्ण रहेको बताएका हुन् ।
उनले जनताको प्रत्यक्ष सहभागिताबिनाको व्यवस्था पूर्ण लोकतन्त्र हुन नसक्ने बताए । उनले भने, ‘जनताले आफ्नो संविधान नबनाएसम्म लोकतन्त्र पूरा हुँदैन । अबको लोकतन्त्र भनेको एउटा व्यक्तिको निजी स्वतन्त्रताको कुरा मात्रै होइन,चुनावमा भोट हाल्ने स्वतन्त्रता मात्रै होइन । वर्ग, जाति, क्षेत्र सबैको सहभागितामूलक लोकतन्त्र चाहिन्छ ।’
राजनीतिमा अदृश्य शक्तिहरूको प्रभाव पनि हुने भन्दै उनले सचेत रहन युवाहरुलाई आग्रह गरे । भट्टराईले भने, ‘राजनीतिमा बडो ख्याल गर्नुपर्छ । सबै दृश्य मात्र हुँदैन । अदृश्य शक्तिहरूले पनि धेरै काम गरिरहेका हुन्छन् । हात्तीसम्बन्धी लडाइँजस्तो हुन्छ राजनीति, त्यसैले संयम र विचार चाहिन्छ ।’
संविधानका विषयमा उनले यसलाई सुधार र परिष्करण गर्दै लैजानुपर्ने बताउँदै वर्तमान व्यवस्थाको संरक्षणका पक्षमा रहेको स्पष्ट पारे । ‘हिजो हामीले अपूर्णतासहितको संविधान बनायौं । आधा अहिले भरौं, आधा भर्दै गरौंला भनेर लेख्यौं । संविधान जारी भएको दिनमै मैले भनेको थिएँ— यो आधा गिलास भरिएको छ, आधा खाली छ । संघीयता लगायतका कुरा फ्याक्ने होइन, सुधार्दै लैजानुपर्छ,’ उनले भने ।
भट्टराईले आफ्नो राजनीतिक अभियान संविधानको अपूर्णतामा सुधार र नयाँ पुस्ताको सहभागिताका लागि समर्पित रहेको बताए । उनले अहिलेको पुस्ताको ऊर्जाले र आफूहरुको अनुभव जोडेर लोकतन्त्रलाई पूर्ण बनाउन सकिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’