गृहमन्त्री अर्यालबाट पूर्वराष्ट्रपति भण्डारीको आगजनी भएको घरको अनुगमन
२०८२ कार्तिक २० बिहिवार
- बिहीबार चपली पुगेर अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनीमा भएको पूर्वराष्ट्रपति भण्डारीको घरको निरीक्षण गरेका हुन् ।
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौंको चपलीस्थित जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरको निरीक्षण गरेका छन्।
बिहीबार चपली पुगेर अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनीमा भएको पूर्वराष्ट्रपति भण्डारीको घरको निरीक्षण गरेका हुन् ।
त्यसलगतै गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसँग छलफल समेत गरेका थिए । छलफलका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीबारे चासो व्यक्त गरेकी थिइन् ।
यसअघि अर्यालले काठमाडौंको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको समेत निरीक्षण गरेका थिए भने पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।