एकीकृत समाजवादीबाट आउने नेताहरूलाई स्वागत गर्न तयार छौं- योगेश भट्टराई
२०८२ कार्तिक १९ बुधवार
- बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै भट्टराईले जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै एकताको मुख्य आधार भएको उल्लेख गर्दै नीति र नेतृत्वलाई स्वीकार गर्ने भन्ने भनिरहनु पर्ने विषय नभएको टिप्पणी गरेका छन् ।
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीबाट आउने नेताहरूलाई पार्टीमा स्वागत गर्न तयार रहेको बताएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै भट्टराईले जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै एकताको मुख्य आधार भएको उल्लेख गर्दै नीति र नेतृत्वलाई स्वीकार गर्ने भन्ने भनिरहनु पर्ने विषय नभएको टिप्पणी गरेका छन् । अमुक नेतालाई जिताउनै पर्ने पूर्व शर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै बिबेकको विषय हो भन्दै भट्टराईले एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्वको सवाल भएको बताएका छन् ।
योगेशले भनेका छन्:
नेकपा समाजवादीबाट एमालेमा समाहित हुने तयारीमा रहनु भएका कमरेडहरू, पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौ । तपाईंहरुलाई स्वागत गर्न हामी तयार छौ । जनताको बहुदली जनवादप्रतिको प्रतिबद्धता नै हाम्रो एकताको मुख्य आधार हो । अरूसबै तपशीलका विषय हुन । नीति र नेतृत्व स्वीकार गर्नु पर्ने शर्त पनि सुनियो । नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र ? यो भनिरहनु पर्ने विषय नै होईन ।
जबज हाम्रो सिद्धान्त हो, नीति हो । तपाईं हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाऊने हो । प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो । पार्टीको ११ औ महाधिवेशनको मिति घोषित छ । महाधिवेशन पूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौ महाधिवेशनबाटै स्थापित गरिएको छ । यो पार्टी जीवनको लोकतान्त्रिकरणको महत्वपूर्ण आयाम पनि हो । अमुक नेतालाई जिताऊनै पर्ने पूर्व शर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै बिबेकको विषय हो । तर एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्वको सवाल हो । एमालेमा तपाईहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न? कुन नेताले जित्छ या हार्छ? यो गौण हो । हामी चाहन्छौ हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नु पर्छ, नेपाली जानताले जित्नु पर्छ र नेकपा एमालेले जित्नु पर्छ । त्यसका खातिर हामी हजार पटक हार्न तयार छौ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।