नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल चयन
२०८२ कार्तिक १९ बुधवार
- काठमाडौँको भृकुटीमण्डपमा जारी एकता राष्ट्रिय सम्मेलनले प्रचण्डलाई संयोजकमा चयन गरेको हो । त्यस्तै सम्मेलनले माधवकुमार नेपाललाई सहसंयोजक चयन गरेको छ ।
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा जारी एकता राष्ट्रिय सम्मेलनले प्रचण्डलाई संयोजकमा चयन गरेको हो । त्यस्तै सम्मेलनले माधवकुमार नेपाललाई सहसंयोजक चयन गरेको छ ।
त्यस्तै सम्मेलनले नेपाली कम्युनिस्ट पार्टीको २३ बुँदे प्रतिबद्धता जारी गरिएको छ । प्रतिबद्धतामा राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, जनताप्रति निष्ठावान रहेन, मार्क्सवाद र लेनिनवादको नेपालमा सिर्जनात्मक ढंगले लागू गर्ने, वैज्ञानिक समाजवादको स्थापनाकाको लक्ष्यमा अघि बढ्ने, लोकतान्त्रिक गणतन्त्तमा प्रतिबद्ध र गणतन्त्रको सुदृढीकरण र राज्यका अंग रूपान्तरण उल्लेख छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ वाम दलको एकता भएको हो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी र देशभक्त समाजवादी मोर्चा रहेका छन् । नयाँ दलको चुनाव चिन्ह पाँचकुने तारा प्रस्तावित गरिएको छ ।
यसअघि यो एकताप्रति असहमति राखेका नेता झलनाथ खनाल पनि एकता सम्मेलनमा सहभागी भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’