उत्पादनमा आधारित कम्युनिष्ट पार्टी बनाउन बामदेवको प्रस्ताव

२०८२ कार्तिक १९ बुधवार
सारांश
  • नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै नेता गौतमले अब यो पार्टीले देशमा समाजवाद ल्याउन सक्ने भन्दै त्यस दिशामा काम गर्नुपर्ने बताएका छन् ।

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले विभाजित कम्युनिष्ट पार्टीलाई एक ठाउमा ल्याउने काम आज भन्दा अगाडी कहिल्लै नभएको बताएका छन् ।

 

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै नेता गौतमले अब यो पार्टीले देशमा समाजवाद ल्याउन सक्ने भन्दै त्यस दिशामा काम गर्नुपर्ने बताएका छन् ।

 

उनले संबिधानमा उल्लेख भएको समाजवादी अहिलेसम्म किन आएन भन्दै संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग प्रश्न गरेका छन् । उनले संबिधान बनेपछि नेताहरु अहिलेसम्म पटक पटक सरकारमा गएपनि समाजवाद किन आएन यसको जवाफ दिनुपर्ने बताएका छन् ।

 

नेता गौतमले कम्युनिष्ट पार्टीलाई उत्पादनमा आधारित पार्टी बनाउन पर्ने उल्लेख गर्दै अहिलेसम्म लेखेर र बोलेर समाजवादको कुरा गरिएको आरोप लगाए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार