जाँचबुझ आयोग समक्ष सिंहदरबारमा रवि लामिछानेको बयान जारी
२०८२ कार्तिक १९ बुधवार
- जेनजी आन्दोलनको क्रममा लामिछाने नख्खु कारागारबाट बाहिरिएको घटनामा आयोगले लामिछानेसँग बयान लिन लागेको हो ।
काठमाडौं : भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिइरहेको छ । लामिछानेलाई केहीबेर अघि नख्खु कारागारबाट बयानका लागि सिंहदरबार ल्याइएको हो ।
जेनजी आन्दोलनको क्रममा लामिछाने नख्खु कारागारबाट बाहिरिएको घटनामा आयोगले लामिछानेसँग बयान लिन लागेको हो । आयोगले यस अघि नख्खु कारागारका प्रमुखसँग यस अघि नै बयान लिइसकेको छ । कारागार प्रमुखले आफुलाई जबर्जस्ति गरेर कागजमा हस्ताक्षर गराएको बयान दिएका छन् ।
लामिछाने कारगारबाट निस्किएपछि देशभरका कारागारबाट ११ हजार भन्दा बढी कैदी बन्दी भागेका थिए ।
पुर्पक्षका लागि नख्खु कारागार रहेका लामिछाने भदौ २४ मा बाहिर निस्किएका थिए । तर चौतर्फी आलोचना पछि लामिछाने भदौ २८ गते नख्खु कारागार फर्किएका थिए
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।