शिक्षामन्त्री महावीर पुनले पहिलो पटक दर्ता गरे मतदाता नामावलीमा आफ्नो नाम
२०८२ कार्तिक १८ मङ्गलबार
- साथै पुनले जेनजी पुस्ताका सम्पूर्ण भाई बहिनीहरुलाई अल्छी नगरिकन फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न अनुरोध पनि गरेका छन् ।
काठमाडौँ : शिक्षा मन्त्री महावीर पुनले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । मन्त्री पुनले नयाँ बानेश्वर पुगेर चुनावमा भोट दिन पहिलो पटक नाम दर्ता गराएका हुन् ।
साथै पुनले जेनजी पुस्ताका सम्पूर्ण भाई बहिनीहरुलाई अल्छी नगरिकन फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न अनुरोध पनि गरेका छन् ।
पुनले भनेका छन्:
आहा ! आम चुनावमा भोट दिनको लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो । १८ बर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाई बहिनीहरुलाई अल्छी नगरिकन फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु ।
अब आउने सरकार जेनजी पुस्ताको बन्नु पर्छ । भगवान कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुइ सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन। यो कुरा समयान्तरमा ध्रुव सत्य सबित भैसक्यो । लौ त भाई बहिनीहरु भोटर लिस्टमा नाम लेखाउन गैहाल त ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।