ज्ञानेन्द्र शाहीको लिङदेन र राणालाई गुटको भेला बन्द गर्न चेतावनी

२०८२ कार्तिक १८ मङ्गलबार
सारांश
  • शाहीले अहिलेको अवस्थामा राष्ट्रवादीहरु फुटेर होईन जुटेर अगाडि बढने हो भन्दै मिलेर जान नसके युवाहरुको भविष्य बर्बाद गर्ने अधिकार नरहेको बताएका छन् ।

काठमाडौँ : राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री डा. धवलशमशेर राणालाई गुटका भेला बन्द गर्न चेतावनी दिएका छन् ।

 

शाहीले अहिलेको अवस्थामा राष्ट्रवादीहरु फुटेर होईन जुटेर अगाडि बढने हो भन्दै मिलेर जान नसके युवाहरुको भविष्य बर्बाद गर्ने अधिकार नरहेको बताएका छन् ।

 

उनले भनेका छन्:  

राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन होस् वा पार्टी महामन्त्री धवल शमशेर राणा होस यसरी गुट- उपगुटका भेला  तत्काल बन्द गर्नुहोस । यस्तो अवस्थामा राष्ट्रवादीहरु एक ढिक्का हुने हो फुटेर होईन जुटेर अगाडि बढने हो । यदि तपाईहरु मिलेर जान सक्दैनौ भने युवाहरुको भविष्य बर्बाद  गर्ने  तपाईंहरुको  अधिकार छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार