काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

२०८२ कार्तिक १८ मङ्गलबार
सारांश
  • नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउसो १ बजेदेखि बस्ने भनिएको छ ।

काठमाडौँ, १८ कार्त्तिक । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउसो १ बजेदेखि बस्ने भनिएको छ ।

 

यसअघि शुक्रबार र आइतबार बस्ने भनिएको बैठक महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्ने विषयमा कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति हुन नसकेपछि बस्दै नबसी स्थगित भएको थियो ।

 

महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका पेश गर्न नदिए आफु बैठकमा सहभागी नहुने चेतावनी दिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक स्थगित गरेका थिए । यस बीचमा भएका पटक पटक भएका अनौपचारिक छलफलमा सहमति जुट्न नसकेपछि केन्द्रीय समितिको बैठकमा महाधिवेशन बारे दुई किसिमका प्रस्ताव पेश गर्ने तयारी भएको बुझिएको छ ।

 

काँग्रेसको संस्थापन पक्षले फागुन २१ को निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडान लिएको छ भने महामन्त्रीद्वयसहितका नेताहरु सकेसम्म छिटो महाधिवेशन गर्ने पक्षमा रहेका छन् ।

त्यस्तै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि असोज २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा विशेष महाधिवेशन बोलाउनुपर्ने दबाबमा यो केन्द्रीय समितिको बैठक रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार