हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी आयोगमा दर्ता, पायो प्रमाणपत्र
२०८२ कार्तिक १६ गते आइतवार
- आयोगले आइतबार पार्टीका अध्यक्ष हर्क साम्पाङलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रस्ताव गरे अनुसार नै चुनाव चिह्न माटो पाएको छ ।
काठमाडौं : धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगले आइतबार पार्टीका अध्यक्ष हर्क साम्पाङलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रस्ताव गरे अनुसार नै चुनाव चिह्न माटो पाएको छ ।
श्रम संस्कृति पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य रहेका छन् । पार्टीको उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् भने प्रवक्तामा अरुण गुरुङ रहेका छन् । साम्पाङले गत असोज १२ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’