हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी आयोगमा दर्ता, पायो प्रमाणपत्र

२०८२ कार्तिक १६ गते आइतवार
सारांश
  • आयोगले आइतबार पार्टीका अध्यक्ष हर्क साम्पाङलाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।  साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रस्ताव गरे अनुसार नै चुनाव चिह्न माटो पाएको छ ।

काठमाडौं : धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
 

आयोगले आइतबार पार्टीका अध्यक्ष हर्क साम्पाङलाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।  साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रस्ताव गरे अनुसार नै चुनाव चिह्न माटो पाएको छ ।
 

श्रम संस्कृति पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य रहेका छन् । पार्टीको उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् भने प्रवक्तामा अरुण गुरुङ रहेका छन् । साम्पाङले गत असोज १२ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालको गन्तव्यहीन जस्तो देखिएको यात्रा

यदि राजनीतिक अवस्था अराजक बन्दै गयो, भने मुख्य दलहरू र पूर्वराजालाई समेत समावेश गर्ने वृहत् राजनीतिक सहमतिको आवश्यकता पर्न सक्छ, जुन सम्भवतः बाह्य शक्तिहरूको मध्यस्थतामा हुनेछ । त्यस्तो अवस्थामा पूर्वराजाले आफ्ना सर्तहरू कसरी राख्छन् र राजनीतिक दलहरूले त्यसलाई कसरी ग्रहण गर्छन् भन्ने कुरा निर्णायक हुनेछ ।

थप समाचार