- ४० वर्षमुनीका युवाहरुको कांग्रेस सुधार अभियानले सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दा तालाबन्दी गरेको हो ।
काठमाडौं : नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ ।
४० वर्षमुनीका युवाहरुको कांग्रेस सुधार अभियानले सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दा तालाबन्दी गरेको हो ।
अभियानले पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमै तालाबन्दी गरेको छ । उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । साथै अभियानमा सहभागी युवाहरुले केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन गर्ने निर्णय नगरेमा नेताहरुलाई घेराउ गर्ने चेतावनी पनि दिएका छन् ।
महाधिवेशन बारे विवाद हुदा कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।
विवाद मिलाउन भन्दै शनिबार र आइतबार बिहान गरिएका बैठकमा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’