मध्यरातमा बालेनको आपत्तिजनक स्ट्याटस, आलोचनापछि हटाए

२०८२ कार्तिक १६ गते आइतवार
सारांश
  • काठमाडौं महानगरका मेयर बालेन शाहले गएराती मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा 'आपत्तिजनक स्ट्याटस’ पोष्ट गरेर हटाएका छन् । शनिबार मध्यराति गरेको पोस्ट आलोचनापछि केहीबेरमै उनले हटाएका हुन् ।

काठमाडौँ, १६ कार्त्तिक । काठमाडौं महानगरका मेयर बालेन शाहले गएराती मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा 'आपत्तिजनक स्ट्याटस’ पोष्ट गरेर हटाएका छन् । शनिबार मध्यराति गरेको पोस्ट आलोचनापछि केहीबेरमै उनले हटाएका हुन् ।

 

हटाएको पोष्टको स्क्रीन शट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त पोष्टमा बालेनले छिमेकी देश भारत, चीन र अमेरिका तथा नेपालका प्रमुख राजनीतिक दलहरूलाई गाली गर्न अश्लिल शब्द प्रयोग गरेका थिए । साथै उनले उक्त पोष्टमा प्रमुख दलहरु कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा सबै मिलेर पनि केहि गर्न नसक्ने बताएका थिए । बालेनको उक्त पोस्टको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

 

पछिल्लो समयमा जेनजी आन्दोलन गर्न युवाहरूलाई उक्साएर आफु लुकेको आरोप लागेका बालेनले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको तर कार्की नेतृत्वको सरकारको कामप्रति असन्तुष्ट जनाएको विषय चर्चामा रहेको छ । सामाजिक सञ्जाल र मिडियामा बालेनले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समेत समाचार आइरहेका छन् । जेनजी आन्दोलनसँग जोडिएर आलोचना खेप्दै आएका बालेनले आफ्नै स्ट्याटसका कारण फेरी विवादमा परेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार