- शनिबार भक्तपुरस्थित गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले संविधानको रक्षा, लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।
काठमाडौं : नेकपा एमालेले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको छ ।
शनिबार भक्तपुरस्थित गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले संविधानको रक्षा, लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।
बैठकले यही कात्तिक २२ गते वडा भेला, २५ गते पालिका भेला, २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।
आजको बैठकले यसअघि पोखरामा गर्ने भनिएको महाधिवेशनको स्थान परिवर्तन गर्दै काठमाडौँमै गर्ने निर्णय गरेको छ । त्यस्तै मङ्सिर २७ देखि २९ सम्म हुने महाधिवेशनमा करिब २१ सय प्रतिनिधि सहभागी हुने र प्रतिनिधिको छनौट मङ्सिर १३ गते देशभर एकै दिन गर्ने बैठकले गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’