संविधानका कयौं दफाहरुले भ्रष्टाचारलाई प्रसय दिएको छ : भीम रावल
२०८२ कार्तिक १५ गते शनिबार
- शनिबार देश बचाउ देश संमृद्व बनाउ नामक नागरिक समाजले आयोजना गरेको नागरिक समाज र जेनजीहरुको रचनात्मक संवादमा बोल्दै उनले जेनजी पुस्ताले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं : मातृभुमि जागरण अभियान नेपालका संयोजक भीम रावलले हालको संविधानका धेरै कुराहरु खारेज गर्नुपर्ने बताएका छन् ।
शनिबार देश बचाउ देश संमृद्व बनाउ नामक नागरिक समाजले आयोजना गरेको नागरिक समाज र जेनजीहरुको रचनात्मक संवादमा बोल्दै उनले जेनजी पुस्ताले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीले भनेकोे मैले सुनेको छु–हामी यो संविधानमा दाँयाबाँया गर्दैनौ । तपाई शल्यक्रिया कसरी गर्नुहुन्छ ? प्रौण पुस्ताको भएर भनिरहेको छु, यो संविधानको कयौ कुराहरु खारेज हुनुपर्छ ।’
उनले भ्रष्टाचारको जड नेताहरु मात्र नभई स्थानीय तहका तल्लो निकायसम्म महामारीको रुपमा फैलिएको बताए । उनले त्यसलाई निर्मूल पार्न उखेल्नलाई जेनजी अर्थात युवा पुस्ताले काम गर्नुपर्ने बताए ।
‘भ्रष्टाचारको जडको नेताहरुमा मात्र देख्नु भएको छ । नेताहरुलाई कारवाही त गर्नैपर्छ । यसमा विवाद छैन् तर वडादेखि विकास समितिका प्रत्येक क्षेत्रमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको छ,’ उनले थप भने, ‘यसको जरो उखेल्नलाई शल्यक्रिया जरुरी छ । आजको जेनजी अर्थात युवा पुस्ताले शल्यक्रिया गर्न तयार हो कि हैन, मेरो प्रश्न छ ।’
उनले यो संविधानका कयौं दफाहरुले भ्रष्टाचारलाई प्रसय दिएको समेत बताए ।
यस्तै, उक्त कार्यक्रममा बोल्दै डा. भोला रिजालले देशमा परिवर्तन गर्ने एउटा पुस्ताको आशा गरेको अहिले पूरा भएको भन्दै जेनजी पुस्तालाई आभार प्रकट गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’