- शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यो संविधानमा रहेर जेन–जीलाई चुनावमा उठ्न रोकेको र राष्ट्रिय सभा, संवैधानिक आयोगलगायतमा जेन–जीको प्रतिनिधित्व अस्वीकार गरिएको भन्दै अहिलेको संविधान जेन–जी विरोधी रहेको बताए ।
काठमाडौं : स्वतन्त्र राजावादी अधिवक्ता स्वागत नेपालले अहिलेको संविधान जेन–जी विरोधी रहेको बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यो संविधानमा रहेर जेन–जीलाई चुनावमा उठ्न रोकेको र राष्ट्रिय सभा, संवैधानिक आयोगलगायतमा जेन–जीको प्रतिनिधित्व अस्वीकार गरिएको भन्दै अहिलेको संविधान जेन–जी विरोधी रहेको बताए ।
वर्तमान संविधानले नेपाली नागरिकहरुलाई मिलिजुली शोषण गर्ने काम गरेको उनको दाबी छ ।
उनले भने, ‘अहिलेको संविधान जेन–जी विरोधी संविधान हो । अहिलेको संविधान जेन–जीलाई सांसद हुनै दिन हुँदैन भनेर लेखिएको संविधान हो । अब राष्ट्रिय सभाको चुनाव हुँदैछ । त्यो राष्ट्रिय सभाको चुनावमा एउटा पनि जेन–जी उठ्न पाउँदैन भनेर लेखिएको छ । यस्तो संविधान जलाउने कि नजलाउने ? यस्तो संविधानलाई च्यात्ने कि नच्यात्ने ?’
उनले २०६३ मा ८३ जना माओवादीलाई संसदमा चुनाव नगराइ ल्याएको बताउँदै उनले अब ८० प्रतिशत जेन–जी युवाले स्वामित्व पाउनुपर्ने बताए ।
उनले भने, ‘हामी २०६३ मा माओवादीलाई सिधै जंगलबाट सांसद बनाएर ल्याएजस्तो ८० प्रतिशत जेन–जी सांसद बनाउन चाहन्छौं । कुनै चुनाव हुनेवाला छैन । चुनावबा ८३ जना माओवादी सांसद बनेर आएका थिएनन् । त्यही मौकामा कांग्रेस र एमालेले पनि सांसदहरु थपेका थिए । सिकाउँछौ जेन–जीलाई ? कसरी स्थापित गर्नुपर्छ, चुनावबाट कि आन्दोलनबाट ? आन्दोलनबाट, कुनै चुनावबाट होइन ।’
उनले राजसंस्था पुनस्थापना गर्न चाहनेहरु पनि एकतावद्ध हुनुपर्ने आवश्यकता औंल्याए । साथै, अहिले कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय नेताहरुले राजसंस्था चाहिनेरहेछ भनिरहेको पनि उनले बताए ।
उनले भने, ‘अहिले कांग्रेसका माननीयज्यूहरु, एमालेका माननीयज्यूहरु, रास्वपाका माननीयज्यूहरु अब राजसंस्था चाहिने रहेछ भनेर एकतावद्ध हुन थाल्नुभएको छ । मैले अघिल्लो हप्ता पनि धेरै माननीयज्यूहरुलाई भेटिसकेको छु । एकै ठाउँमा आउने प्रयास भइरहेको छ । उहाँहरु एकतावद्ध हुँदै हुनुहुन्छ । साँच्चैको नेपाली कांग्रेस सधैं राजसंस्थावादी छ । किनकी विपीले राजा भएन भने देश हुँदैन भन्नुहुन्थ्यो । त्यो साँच्चैको नेपाली कांग्रेस भनेको डा.सुनिल शर्मा, शंकर भण्डारी हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’