कांग्रेस बैंठकअघि डा.कोइरालाले आफू निकट पदाधिकारीसँग गरे छलफल

२०८२ कार्त्तिक १४ शुक्रवार
सारांश
  • कोइरालाले आफ्नो सम्पर्क कार्यालय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु( गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग शुक्रबार बिहान छलफल गर्नुभएको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

काठमाडौं : पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

 

कोइरालाले आफ्नो सम्पर्क कार्यालय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु( गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग शुक्रबार बिहान छलफल गर्नुभएको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

 

कांग्रेसको महाधिवेशन तालिकालाई लिएर विवाद चर्किएपछि डा.कोइरालाले सक्रियता जनाएका हुन् । केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनुअघि कोइरालाले सहजीकरण गरेका हुन् ।

 

बैठक १ बजेका लागि तय गरिएको छ । कांग्रेसभित्र महाधिवेशन फागुन २१ को निर्वाचन अघि वा पछि गर्ने भन्ने विषयमा विवाद बढेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार