संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नयाँ कार्ययोजनाबारे छलफल
२०८२ कार्त्तिक १३ विहीवार
- बिहीबार सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बसेको हो । बैठकमा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम सम्बन्धमा छलफल भएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए ।
काठमाडौं : गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ ।
बिहीबार सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बसेको हो । बैठकमा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम सम्बन्धमा छलफल भएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए ।
उनले भने, ‘हामी कसरी अगाडि बढ्ने भन्ने बारेमा एउटा कार्ययोजना बनेको थियो तर अहिलेको समय परिवर्तन भएको छ । र यो परिवर्तित समयमा त्यो कार्ययोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । अब आउँदो समयमा भने त्यो कार्ययोजनामा के कुरा राख्ने के कुरा नराख्ने भन्ने बारेमा छलफल गर्ने छौ ।’
यस्तै, उनले समिति निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने र माघ ११ गते राष्ट्रिय सभाको निर्वाचनको अवस्था बारेमा सरकारसँग बुझ्ने प्रयासमा रहेको बताए ।
उनले भने, ‘अबको हाम्रो प्राथमिकतामा रहेको विषय भनेको निर्वाचनलाई कसरी शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने भन्ने रहेको छ । अर्को भनेको माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुने भनिएको छ । त्यसको अवस्था कस्तो छ, शान्ति सुरक्षाको विषय कस्तो छ यस विषयमा पनि हामी सरकारसँग बुझ्ने प्रयास गर्छौ ।’
बजेट पनि धेरै कटौती भएको भन्दै त्यो बारेमा पनि सरकारको ध्यानाकर्षण गराउने र त्यसको बारेमा जानकारी लिने प्रयासमा समिति रहेको उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’