विप्लव नेतृत्वको ‘कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन
२०८२ कार्त्तिक ११ मङ्गलवार
- प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव गरेका छन् । सोही क्रममा प्रकाण्डले निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया जसरी सुरु भयो यसले आगामी दिनमा देशको अगाडि भएका विद्यमान समस्या समाधान र परिवर्तनमा विशेष स्थान राख्ने बताए ।
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आज दिउँसो आयोगमा पुगेर उनी नेतृत्वको पार्टिले दल दर्ताका लागि निवेदन दिएको हो ।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव गरेका छन् । सोही क्रममा प्रकाण्डले निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया जसरी सुरु भयो यसले आगामी दिनमा देशको अगाडि भएका विद्यमान समस्या समाधान र परिवर्तनमा विशेष स्थान राख्ने बताए ।
उनले भने, ‘आज हामीले जसरी निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया सुरु गर्यौ त्यसले आगामी दिनमा देशको अगाडि भएका विद्यमान समस्या समाधानको लागि र देशको अगाडि भएको अवसरलाई वास्तविकतामा परिवर्तन गर्नको लागि पनि नेपाल कम्युनिष्ट पार्टीले लिएको कदम र चुनावमा प्रवेशको कुराले विशेष स्थान राख्ने छ ।’
यस्तै, उनले नेपालको राजनीतिमा सबैभन्दा प्रजातान्त्रिक र जनतालाई कुनै अवरोधबिना प्रवेश गर्न, फैसला गर्न पाउने एउटा विधि भनेको निर्वाचनको विधि भएको भन्दै पार्टीले पनि सोही विधि अनुसार अगाडि बढ्ने तयारी गरेको बताए ।
उनले भने, ‘नेपालको राजनीतिमा एउटा नयाँ नीति अगाडि सारेर हामीले जनताको अधिकार र मुद्धाको कुरालाई जनताले आफै फैसला गर्ने एउटा सबैभन्दा प्रजातान्त्रिक विधि र त्यो विधिमा जनतालाई कुनै अवरोधबिना प्रवेश गर्न पाउने र फैसला गर्न पाउने एउटा विधि भनेको निर्वाचनको विधि हो । सोही कारण हाम्रो पार्टीलाई पनि निर्वाचन आयोगमा दर्ता गराउन लागिएको हो ।’
जेनजी आन्दोलनपछि बनेको सरकारका अगाडि ठूला ठूला चुनौती र प्रश्नहरु रहेको भन्द त्यसको समाधान गर्न पनि राष्ट्रिय राजनीतिमा नयाँ छलफल जरुरी रहेको उनको भनाई छ ।
सोही क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि कम्युनिष्ट पार्टी नेपाल भनेर दर्ता हुन आएको सायद यो पहिलो पार्टी भएको बताए ।
उनले भने, ‘कम्युनिष्ट पार्टी नेपाल भनेर दर्ता हुन आएको सायद यो पहिलो पार्टी होला ।’
यसको साथै, उनले निर्वाचनको व्यवस्थापन, कार्यान्वयन गर्ने प्रक्रिया अहिलेको अवस्थामा कठिन भएको भन्दै निर्वाचन आयोग अहिलेको अवस्थामा बढो सचेतताका साथ काम गरिरहेको बताए ।
सानोभन्दा सानो कुराले पनि निर्वाचन विथोलिन सक्ने पनि उनको भनाई छ ।
उनले भने, ‘चुनावको लागि हामीलाई कति तनाव हुन्छ । निर्वाचनको व्यवस्थापनको प्रक्रिया हुन्छ । यसलाई कार्यान्वयन गर्ने प्रक्रिया हुन्छ सानोभन्दा सानो कुराले पनि निर्वाचन विथोलिन सक्छ । निर्वाचन आयोग अहिलेको अवस्थामा बढो सचेतताका साथ काम गरिरहेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।