देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ : महासचिव पोखरेल
२०८२ कार्त्तिक ११ मङ्गलवार
- गगन थापाले केही दिनअघि एक अन्तर्वार्तामा आफूले आफ्नो घर एमालेका कार्यकर्ता र अध्यक्ष केपी ओलीसँग समेत पहुँच भएकाले लुटपाट र आगजनी भएको दाबी गरेका थिए । उक्त अभिव्यक्तिपछि महासचिव पोखरेलले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत समाजमा फैलिएका आरोप–प्रत्यारोपबाट टाढा भई सत्य र न्यायको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन् ।
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेको बेला आरोप–प्रत्यारोप नगरेर सत्य र न्यायको वकालत गर्र्न आग्रह गरेका छन् ।
उनले कांग्रेस महामन्त्री गगन थापाले गरेको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै अपराध र हिंसामा संलग्न सबैलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताए ।
गगन थापाले केही दिनअघि एक अन्तर्वार्तामा आफूले आफ्नो घर एमालेका कार्यकर्ता र अध्यक्ष केपी ओलीसँग समेत पहुँच भएकाले लुटपाट र आगजनी भएको दाबी गरेका थिए । उक्त अभिव्यक्तिपछि महासचिव पोखरेलले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत समाजमा फैलिएका आरोप–प्रत्यारोपबाट टाढा भई सत्य र न्यायको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् । राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् — सबैलाई कडा कारबाही गरौं । देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं,’ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।