मलाई उद्घाटन-शिलन्याससहितका प्रमुख अतिथि हुने कुनैपनि कार्यक्रममा निमन्त्रणा नगर्नु- मन्त्री पुन
२०८२ कार्त्तिक १० सोमवार
- सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले आफु युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाईजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको उल्लेख गर्दै आफुलाई उद्घाटन-शिलन्याससहितका प्रमुख अतिथि हुने जस्ता कुनै पनि कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका हुन् ।
काठमाडौँ : शिक्षामन्त्री महावीर पुनले आफुलाई उद्घाटन-शिलन्याससहितका प्रमुख अतिथि हुने जस्ता कुनै पनि कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले आफु युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाईजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको उल्लेख गर्दै आफुलाई उद्घाटन-शिलन्याससहितका प्रमुख अतिथि हुने जस्ता कुनै पनि कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका हुन् ।
उनले जानै पर्ने र नगई नहुने मिटिङहरुमा मात्र केहि मन्त्रीहरु बिदेश गएको उल्लेख गर्दै बिदेश घुम्यो भनेर हल्ला नगर्न आग्रह समेत गरेका छन् ।
उनले भनेका छन्-
सुचनाः कृपया कसैले पनि र कहिंबाट पनि हालको म मन्त्रीलाई उद्घाटन / शिलन्यास कार्यक्रम, प्रमुख अतिथी हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा गर्दै नगर्नु होला । म युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाईजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गईन र जाँदैन । जानै पर्ने र नगई नहुने मिटीङहरुमा मात्र केहि मन्त्रीज्यूहरु बिदेश जानु भएको हो । बिदेश घुम्यो भनेर हल्ला नगर्नु होला ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’