माधव नेपाललाई महेश बस्नेतको सुझाव- माओवादीमा विलय हुनुभन्दा एमालेमै फर्के हुन्छ !

२०८२ कार्त्तिक १० सोमवार
सारांश
  • नेता बस्नेतले एकीकृत समाजवादीको माओवादी केन्द्रसँग एकता हुन लागेको विषय उल्लेख गर्दै जनताको बहुदलीय जनवाद त्यागेर माओवादीसँग जाने कुरा आधा भन्दा धेरै कार्यकर्ताले स्वीकार नगर्ने भएपछि माधवको स्थिति झनै जटिल बन्दै गएको बताएका छन् ।

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई माओवादीमा विलय हुनुभन्दा एमालेमै फर्किन सुझाव दिएका छन् ।

 

नेता बस्नेतले एकीकृत समाजवादीको माओवादी केन्द्रसँग एकता हुन लागेको विषय उल्लेख गर्दै जनताको बहुदलीय जनवाद त्यागेर माओवादीसँग जाने कुरा आधा भन्दा धेरै कार्यकर्ताले स्वीकार नगर्ने भएपछि माधवको स्थिति झनै जटिल बन्दै गएको बताएका छन् ।

 

उनले नेपाललाई एमाले विभाजित गराएर देशलाई धोका दिएर गएका माधव नेपालले माओवादीमा आफ्नो पार्टी विलय गराउनु भन्दा हात्ती लिएर गएको हुन बरु बोको लिएर एमालेमा फर्के हुने सुझाव दिएका छन् ।

 

उनले भनेका छन्: 

माधव नेपाल ठूलो तनावमा भन्ने सुनियो !  

 

नेकपा माओवादी केन्द्रसँग एकता गर्ने पक्कापक्की निर्णय बाहिरिएपछि, उनका आफ्नै पार्टीका नेताहरू र कार्यकर्ताहरूले विरोध गर्दै एमालेसँग एकता गर्न दबाब दिन थालेका छन् । जनताको बहुदलीय जनवाद त्यागेर माओवादीसँग जाने कुरा आधा भन्दा धेरै कार्यकर्ताले स्वीकार नगर्ने भएपछि माधवको स्थिति झनै जटिल बन्दै गएको छ । एमाले विभाजित गराएर देशलाई धोका दिएर गएका माधव नेपालले माओवादीमा आफ्नो पार्टी विलय गराउनु भन्दा हात्ती लिएर गएको  हुन बरु बोको लिएर एमालेमा फर्के हुन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार