मन्त्री नबन्दै विवादमा तानिए खगेन्द्र सुनार: महिलामाथि अभद्र टिप्पणी, पक्राउ पुर्जी सार्बजनिक
२०८२ कार्त्तिक ०९ आइतवार
- सुनारमाथि स्वास्थ्यकर्मीमाथि हातपात, बहुविवाह, विद्युतीय कारोबार र अदालतको अवहेलनासम्बधी जाहेरी समेत परेको पाइएको छ ।
काठमाडौँ : खगेन्द्र सुनार मन्त्री नबन्दै विवादमा तानिएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा श्रम तथा रोजगारमन्त्री बन्न लागेका सुनारमाथि महिलामाथि गैरजिम्मेवारपूर्ण व्यक्तिगत र टिप्पणी गरेको विषय सामाजिक सञ्जाल र मिडियामा भाइरल बनेको छ ।
सुनारमाथि स्वास्थ्यकर्मीमाथि हातपात, बहुविवाह, विद्युतीय कारोबार र अदालतको अवहेलनासम्बधी जाहेरी समेत परेको पाइएको छ ।
मन्त्री बन्नेको सूचीमा उनको नाम सार्बजनिक भएसँगै सुनारविरुद्ध सुर्खेत जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दामा सुनारलाई प्रतिवादी बनाएका थिए ।
अदालतले २०८१ असार २१ गते सुनारविरुद्ध ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो । दैलेख, नारायण नगरपालिका–२ भैसेखोर बस्ने ३१ वर्षीय सुनारलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय, दैलेखलाई निर्देशन दिएको थियो ।
अहिले सामाजिक सञ्जालमा विवादित व्यक्तिलाई मन्त्री बनाउन लागेको विरोध भइरहेको छ । साथै उनले एक अधिवक्ता बारे गरेको अभद्र टिप्पणी समेत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।