२३ गते त्यस्तरी मान्छे नढलाएको भए २४ गते त्यसरी आउने थिएन- रास्वपा नेता कार्की
२०८२ कार्त्तिक ०९ आइतवार
- जेनजी आन्दोलनको क्रममा यूवा नेता तथा कलाकारहरुले उक्त आन्दोलनलाई समर्थन गरेको सामाग्री अहिले भाइरल हुन पुगेको छ ।
काठमाडौँ, ९ कार्त्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले सामाजिक सञ्जालमा भइरहेको आलोचनाका बीचमा आफु आन्दोलनमा गएको आफु सहभागी भएको आन्दोलनमा सरकारी दमनमा परेर होस् कि जलेर होस्, मान्छे मरेकोमा जीवनभर दुख लागिरहने बताएका छन् ।
जेनजी आन्दोलनको क्रममा यूवा नेता तथा कलाकारहरुले उक्त आन्दोलनलाई समर्थन गरेको सामाग्री अहिले भाइरल हुन पुगेको छ । सोसल मिडिया इन्फ्लुएन्सरहरुले पनि उक्त आन्दोलनलाई भड्काउन प्रमूख भूमिका खेलेको भन्दै व्यापक आलोचना हुँदैछ ।
कार्कीले सामाजिक सञ्जालमा लेख्दै नागरिकलाई मान्छे नगन्नेहरू सत्तामा रहुन्जेल, तिनको वरिपरि घुमेर सत्ताको स्वाद चाख्दै तिनलाई उचाल्नेहरू रहुन्जेल, मान्छे ढाल्दै कुर्सीमा टाँसिए पनि कोही सुरक्षित नहुने रैछ भनेर २४ गतेको आगोले देखाएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्:
अँ, म आन्दोलनमा गएकै हो । ओली सरकारले शासनभरि नागरिकको अपमान गरेर, २३ गते शान्तिपुर्ण आन्दोलन गर्नेहरूमाथि गोली बर्षाएर मनमा आगो भरेकै हो । २३ गते त्यस्तरी मान्छे नढलाएको भए २४ गते त्यसरी आउने थिएन । त्यो आगोको जिम्मा ओली सरकार र तिनका मतियारहरूको हो ।
अनि जसले मान्छेको ज्यान भन्दा इटाको धुलो र काठको खरानी ठुलो देख्दै हुनुहुन्छ, र आन्दोलनमा जानेहरूलाई खलनायक भन्दै हुनुहुन्छ, पढ्नुहोला, हो, म आन्दोलनमा गएकै हो । कुशासन मच्चाउने, नागरिकलाई छुसी जति पनि नसोच्ने सरकारको विरोध गरेकै हो ।
अनि, नागरिकलाई मान्छे नगन्नेहरू सत्तामा रहुन्जेल, तिनको वरिपरि घुमेर सत्ताको स्वाद चाख्दै तिनलाई उचाल्नेहरू रहुन्जेल, मान्छे ढाल्दै कुर्सीमा टाँसिए पनि कोही सुरक्षित नहुने रैछ भनेर २४ गतेको आगोले देखाएकै हो ।
मैले कतै ढुंगा हानिन, कतै आगो बोकिन, आगो लागेको कुनै स्थानको कम्पाउन्डमा पनि म थिइन तर म सहभागी भएको आन्दोलनमा सरकारी दमनमा परेर होस् कि जलेर होस्, मान्छे मरेकोमा जीवनभर दुख लागिरहने छ । उनीहरूले र उनीहरूका परिवारले न्याय पाउन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’