जेन–जी युनाइटेडले भन्यो : घाइते र सहिदको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गर्यो
२०८२ कार्त्तिक ०८ शनिवार
- जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए ।
काठमाडौं : शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन–जी युनाइटेड समूहले आपत्ति जनाएको छ । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै जेन–जी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन् ।
जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘हामी जेन–जीहरु आन्दोलन गर्दैगर्दा युनिफिकेशन हुनुपर्छ भन्न पनि नपाउनु ? अब हुँदैन यसरी । सरकारले हाम्रा साथीहरुलाई छोड्नुपर्यो । हाम्रो मागहरु छिटो पूरा गर्नुपर्यो । हाम्रो युनिफिकेशन क्याम्पियन जहिलेसम्म पूरा हुँदैन, त्यतिबेलासम्म लागिरहने हो ।’
त्यस्तै, अर्का वक्ता मन्जना राईले जेन–जीले बनाएको सरकारले जेन–जीलाई नै टुक्रा–टुक्रा बनाउन चाहेको टिप्पणी गरिन् ।
‘हाम्रै आँखा अगाडि हाम्रा साथीहरुलाई लछारपछार गरेर लगिएको छ । जेन–जीले बनाएको सरकार छ । जेन–जीलाई नै टुक्रा–टुक्रा बनाउनको लागि बनाइएको सरकार हो त्यो ?’ प्रश्न गर्दै उनले भनिन् ।
आफूहरुले भोलि पनि शान्तिपूर्ण कार्यक्रम गर्ने र यदि धरपकड भएमा पर्सी देशैभरी नै रणनीति बनाएर अगाडि बढ्ने उनीहरुको भनाई छ ।
जेन–जी आन्दोलनका घाइते भुपेन्द्र खड्काले सरकारले जेन–जीहरुको शान्तिपूर्ण कार्यक्रम र आवाजलाई दवाउन खोजेको बताए । घाइते र सहिदहरुको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गरिरहेको उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’