तोसिमाको गुनासो: पार्टी पुनर्गठनको विषय उठाउदा रविको विकल्प खोजेको आरोप लगाइयो
२०८२ कार्त्तिक ०८ शनिवार
- सामाजिक सञ्जालमार्फत तोसिमाले पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउने प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने बताएकी छन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टी पुनर्गठनको विषय उठाउदा रवि लामिछानेको विकल्प खोजेको आरोप लगाइएको गुनासो गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत तोसिमाले पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउने प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने बताएकी छन् ।
उनले भनेकी छन्-
कृपया मिथ्या आरोपहरू लगाएर निरन्तर ममाथि प्रहार नगरिदिनुहोला । यो पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दुःख गरेको छु। गर्नेछु। तर पार्टीलाई थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित बनाउने मेरो प्रयास तपाईंहरूको विचारभन्दा फरक भयो भन्दैमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट निरन्तर प्रहार गरेर यो मेरो धैर्यलाई च्यालेन्ज नगरिदिनुहोला ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई समय सापेक्षिक रूपमा मध्यममार्गी मुलधारको मुख्य राजनैतिक शक्तिको रूपमा विकास गर्दै रास्वपाले वैकल्पिक शक्ति, नागरीक समाज र जेनजी सबैलाई समेट्नका लागी पार्टीमा सांगठनिक र वैचारिक पुनःगठन पुनरवलोकन आवश्यक छ भन्ने मेरो मान्यता हो।
पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउनुहुने तपाईंहरूको निरन्तर प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने काम नगर्नुहोला
मेरा अनुरोध स्पष्ट छन्:
१- विस्तारीत बैठकमा सङ्गठनका साथीहरुको महत्वपूरण र सक्रिय सहभागताको लागि अनुरोध गर्दछु।
२- बैठकमा प्रस्तुत हुने राजनैतिक र साङ्गठनिक प्रतिवेदनमाथि सहभागिहरुले राय राख्ने मात्र होईन प्रतिवेदनहरुलाई स्विकार्ने/अस्विकार गर्ने/ तोकिएका संसोधन सहित स्विकार्न पाउने गरी भोटिङ राईट दिईनुपर्छ।
३- जेनजी आन्दोलन पछिको रास्वपालाई यथास्थितिमा रहेर वैकल्पिक शक्तिहरुलाई नसमेटि आसन्न चुनावमा एक्लै जाने छुट छैन। हामी उदार हुनुपर्छ। केन्द्री सचिवालय, पदाधिकारी, समितीको संरचना र नेतृत्वमा पुनरावलोकन पुनर्गठन गरेर वैकल्पिक शक्ति सबैको साझा प्लेटफर्म बन्नुपर्छ।
अब यहि कुरामा पटक पटक स्पष्टिकरण दिन वाध्य नपार्नुहोला बरु आउनुस् एक कदम अघि बढेर रिफर्मेसनका मोडालिटीमा बसह गरौँ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’