बालेन पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद- महासचिव पोखरेल
२०८२ कार्त्तिक ०६ बिहीवार
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालेन शाह राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् ।
काठमाडौँ, ६ कार्त्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालेन शाह राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भदौ २३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत भएको बताउदै विध्वंस र लुटपाटमा संलग्नलाई प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेनले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद भएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्:
२३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो। दोषी जोसुकै हुन्, कानून अनुसार कारबाही हुनैपर्छ । विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने वालेनजीले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद छ । नेपाल प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न देउ । नेकपा (एमाले)को पूर्ण सहयोग रहनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।