जेनजी युनाईटेड परिवर्तनले भन्यो : देश शोकमा डुबेको छ, भाइटीकामा एक भएर खबरदारी गरौं
२०८२ कार्त्तिक ०५ बुधवार
- शहीद परिवार कमल सुवेदीले नेपालीहरुका महान चाड दसैं तथा तिहारका पूर्वसन्ध्यामा देश शोकमा डुबेकाले पर्वलाई शक्तिमा रुपान्तरण गर्न शहिदहरुको सम्झनामा श्रद्धासुमनसहित ‘भाइटिका’का दिन संघर्षको उद्घोष गर्ने बताए ।
काठमाडौं : जेन–जीको बलिदानबाट बनेको सरकार शहीद र घाईतेप्रति जिम्मेवार नभएको भन्दै ‘जेन–जी युनाईटेड परिवर्तन’ले एकजुट भएर संघर्षमा उत्रन आह्वान गरेको छ ।
बुधबार राजधानीमा पत्रकार सम्मेलनको अयोजना गरी शहीदहरूको सम्झनामा माइतिघरमा ‘भाइटीका’को दिन सामुहिक रुपमा सरकारलाई खबरदारी गर्ने जानकारी गरेको छ ।
शहीद परिवार कमल सुवेदीले नेपालीहरुका महान चाड दसैं तथा तिहारका पूर्वसन्ध्यामा देश शोकमा डुबेकाले पर्वलाई शक्तिमा रुपान्तरण गर्न शहिदहरुको सम्झनामा श्रद्धासुमनसहित ‘भाइटिका’का दिन संघर्षको उद्घोष गर्ने बताए ।
जेन्जी शदिक्षा राईले अबको समय भनेको जेनजीहरुको भएको र सबै युवायुवतीहरु विभाजित भन्दा एक भएर देश बनाउन जुट्नु पर्नेमा जोड दिइन् ।
जेनजी अञ्जु राईले यो वर्षको भाईटिकालाई परम्परागत भन्दा पनि सम्पूर्ण जेनजीहरु एक भएर एकताको सन्देश दिएर देशलाई नयाँ दिशामा लग्नुपर्ने धारणा राखिन् ।
घाइते भूपेन्द्र खड्काले आफू जेनजी आन्दोलनका क्रममा दमक नगरपालिका अगाडी २७ वटा छर्रा लागेको र सो छर्राहरु बोकेर सरकारलाई खबरदारी गर्न काठमाडौं आएको बताए ।
अर्की जेन्जी दिया बोहोराले अन्तरिम सरकारले सुशासन र भ्रष्टाचार मुक्त देश बनाउने मुख्य उद्देश्यसहित संघर्ष गरेकाहरुलाई वेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरिन् । बोहोराले परिवर्तनका लागि लडेका सम्पूर्ण जेनजीहरु एक नभए देश पछाडि फर्कने निश्चित भएकोले त्यसतर्फ सतर्क बन्न आग्रह गरेकी छन् ।
शहीद परिवार कमल सुवेदीले विभिन्न वार्ता तथा छलफलहरु भइरहे पनि त्यहाँ घाइते र शहीद परिवारको सदस्यहरुको अनुहार नदेखिनु दुर्भाग्य भएको बताए ।
‘वास्तविक जेनजी र प्रभावित व्यक्तिहरुलाई किनारा लगाइएको छ, हामीहरु प्रधानमन्त्री तथा सरकारी प्रतिनिधिहरुलाई भेट्न त परै जाओस सिंहदरबारभित्र पनि प्रवेश गर्न पाइरहेका छैनौं’, सुवेदीले भने ।
जेनजी प्रकृति श्रेष्ठले ८२ साल भोलिको भाइटिकाको दिन सम्पूर्ण शहिदहरुको श्रद्धासुमन कार्यक्रम राखिएको र माइतीघरको शोकसभामा सबै उपस्थित भएर सरकारलाई खबरदारी गर्न अनुरोध गरिन् ।
जेनजी प्रतिनिधि बरुण यादवले जेनजी युनाईटेड परिवर्तनले शहिदहरुको सम्झनामा श्रद्धासुमनसहित ‘भाइटिका’ले सम्पूर्ण जेनजीहरुलाई एक हुन सन्देश दिने विश्वास राखे ।
जेनजी प्रदिप भट्टराईले सम्पूर्ण जेनजीहरु एक ढिक्का भएर देश विकासमा लाग्नुपर्ने धारणा राखे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।