- भदौ २४ मा जेनजी आन्दोलनका क्रममा जलाइएको बालकोटस्थित जलाइएको घर अवलोकन गर्न उनी पहिलो पटक बुधबार पुगेका हुन् ।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनका क्रममा आगजनी भएको भक्तपुरको बालकोटस्थित निवासमा पुगेका छन् । भदौ २४ मा जेनजी आन्दोलनका क्रममा जलाइएको बालकोटस्थित जलाइएको घर अवलोकन गर्न उनी पहिलो पटक बुधबार पुगेका हुन् ।
ओलीले घरभित्रका कोठामा पुगेर अवलोकन गरेका थिए । ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य र एमालेका कार्यकर्ताहरु पुगेका थिए ।
शाक्य यस अगाडि गत असोज ४ गते पनि खण्डहर बनेको घर हेर्न पुगेकी थिइन् ।
ओलीले आगजनी भइसकेको विषय अब सम्झेर बस्न नचाहेको बताउदै आफु यसबाट अगाडी बढ्ने बताए । ओलीले आन्दोलनका क्रममा जो जसको घर जलेकोछ सबैप्रति आफ्नो सहानुभूति रहेको बताए । उनले आफुहरुले आफ्नो निवासको जग्गासहित घर राज्यलाई दिइसकेको अवस्थामा राज्यको सम्पत्ति जलेको बताए ।
बालकोटको घरमा आगजनी भएपछि ओली अहिले भक्तपुरकै गुण्डुमा अस्थायीरुपमा बसिरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।