महेश बर्तौला भन्छन् : निष्पक्ष निर्वाचनको मुख्य चुनौती नै गृहमन्त्री अर्याल हुन्

२०८२ कार्त्तिक ०४ मङ्गलवार
सारांश
  • सामाजिक सञ्जालमा टिप्पणी गर्दै बर्तौलाले सक्कली छानबीन र अनुसन्धान गर्ने हो भने जेन जी युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा व्यापक घुसपैठ गरि बिध्वंस मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल रहेको निष्कर्ष निस्कने दाबी गरेका छन् ।

काठमाडौँ : नेकपा एमालेका युवा नेता महेश बर्तौलाले 'मुलुकमा शान्ति सुरक्षा र निष्पक्ष निर्वाचनको मुख्य चुनौती नै गृहमन्त्री ओमप्रकाश अर्याल भएको टिप्पणी गरेका छन् ।

 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बर्तौलाले सक्कली छानबीन र अनुसन्धान गर्ने हो भने जेन जी युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा व्यापक घुसपैठ गरि बिध्वंस मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल रहेको निष्कर्ष निस्कने दाबी गरेका छन् ।

 

उनले गृहमन्त्री अर्यालले अहिलेसम्म लुटिएका हतियारहरु नखोजेको,  प्रहरीको दबेको मनोबल उठाउने प्रयत्न नगरेको,  भागेका कैदीबन्दीहरु कहाँ छन् भन्ने चासो नराखेको तर शान्ति र स्थिरता भङ्ग गरेर मुलुकमा हिंसा , अराजकता र अस्थिररताको प्रवर्धन का लागी पुर्व पुर्वप्रधानमन्त्री , पुर्वमन्त्री, शिर्ष नेताहरु र राजनितिक दलहरुलाई भड्काउन, उत्तेजित बनाउन बेलगाम झुटा अभिब्यक्ति र घातक कृयाकलापहरु गरिरहेको आरोप लगाएका छन ।

 

उनले भनेका छन्- 

 

यदि सक्कली छानबीन र अनुसन्धान गर्ने हो भने जेन जी युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा व्यापक घुसपैठ गरि बिध्वंस मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल रहेको निष्कर्ष निस्कनेछ ।

 

यिनी अहिलेसम्म पनि इर्श्या, डाह, कुण्ठा र आक्रोश भन्दा बाहिर निस्कनै सकिरहेका छैनन । उनी लुटिएका हतियारहरु खोज्दैनन,  प्रहरी को दबेको मनोबल उठाउने प्रयत्नै गर्दैनन,  भागेका कैदिबन्दी हरु कहाँ छन चासो नै राख्दैनन ,  हरेकदिन जसो हत्या र हिंसाको घटना घटिरहेका छन यसमा फिटिक्कै चिन्ता छैन बरु शान्ति र स्थिरता भङ्ग गरेर मुलुकमा हिंसा , अराजकता र अस्थिररताको प्रवर्धन का लागी पुर्व पुर्वप्रधानमन्त्री , पुर्वमन्त्री, शिर्ष नेताहरु र राजनितिक दलहरु लाई भड्काउन , उत्तेजित बनाउन ,  इरिटेसन गर्न हरसम्भब बेलगाम झुटा अभिब्यक्ति र घातक कृयाकलापहरु गरिरहेका छन ।

 

उनले बुझेका छन कि यस्तै तरिकाले अघि बढेमा मात्रै फागुन २१ को निर्वाचन गराउने कार्यादेश टार्न सकिन्छ र कथित गृहमन्त्रीको कुर्सिमा थप बसिरहन सकिन्छ । किनकि यिनी जनादेशबाट त्यस जिम्बेवरिमा पुगेका होइनन,  जेन जी युवाहरुको भावना र आकाङ्क्षा माथि धोका दिदै झुक्याएर षडयन्त्रकारीहरू सँगको मिलिभगतमा गृहमन्त्री भएका हुन । उनि गौ बधको पक्षमा वकालत गरेर समाजमा धार्मिक अशान्ति निम्त्याउन जोडबल लगाउने लाइसेन्सवाला वकिल पनि हुन ।

 

वडा सदस्य समेत नभएका उनिलाई न त जनादेश प्रति उत्तरदायी हुनु छ ,  न त देश प्रति उत्तरदायी हुनु छ , न त संविधान प्रति या न त जनता नै प्रति । उनलाई त केवल षडयन्त्र प्रति र आफ्नै निजि स्वार्थ प्रति मात्रै उत्तरदायी भए पुग्छ । जनता प्रति भरोसा बोक्नेहरुले जहिल्यै पनि जनादेशलाई सम्मान गर्दछ र शान्तिपूर्ण आवद्यिक निर्वाचन प्रति बिस्वास गर्दछ। तर जनता प्रति भरोसा नभएकाहरुले जहिलेसुकै आतङ्क , बिध्वंस र बिनास प्रति मात्रै बिस्वास गर्दछ र झुट तथा षडयन्त्रको को सहारा लिने गर्दछ । जुन गृहमन्त्री अर्याल ले गरिरहेका छन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार