प्रधानमन्त्री कार्कीको राजनीतिक दलसँगको संवाद शुरु, को को छन् सहभागी ?
२०८२ कार्त्तिक ०४ मङ्गलवार
- छलफलमा पर्यवेक्षकद्वय केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको सात राजनीतिक दलहरुसँगको छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छलफलमा सात राजनीतिक दलका प्रतिनिधिहरुसहित दुई जना पर्यवक्षकसमेत रहेका छन् ।
छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली, त्यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, त्यस्तै रास्वपाबाट
डा. स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी रहेका छन् ।
त्यसैगरी एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल, नाउपाबाट रेशम चौधरी, मजदुर किसान पार्टी प्रेम सुवाल, जनमत पार्टीबाट चन्दन सिंह सहभागी भएका छन् ।
त्यस्तै छलफलमा पर्यवेक्षकद्वय केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ ।
त्यसैगरी संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषिमन्त्री मदन परियारका साथै प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल उपस्थित रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।