गृहमन्त्री अर्याल भन्छन्- पूर्वमन्त्री खड्का मेरो अन्तर्वार्ता छापिएपछि फर्किनुभयो
२०८२ कार्त्तिक ०३ सोमवार
- सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जानेक्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै गृहमन्त्री अर्यालले आफुले अन्तर्वार्ता दिँदाको अवस्थामा खड्का भारतमा रहेको र अहिले फर्किएको बताएका हुन् ।
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व ऊर्जामन्त्री दिपक खड्का जेनजी आन्दोलनपछि भारत गएर फर्किएको बताएका छन् ।
सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जानेक्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै गृहमन्त्री अर्यालले आफुले अन्तर्वार्ता दिँदाको अवस्थामा खड्का भारतमा रहेको र अहिले फर्किएको बताएका हुन् । उनले भने- 'मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो । इन्टरभ्यु छापिएपछि आउनुभयो नि उहाँ त ।'
उनले संचारकर्मीलाई उहाँ कहाँ हुनुहुन्थ्यो सोध्नुस् न ? भन्दै प्रतिप्रश्न समेत गरेका थिए । खड्का जेनजी आन्दोलनपछि कहाँ थिए भन्ने कुरा उनी स्वयंले भनिसकेको भन्दै गृहमन्त्री अर्यालले भने- 'उहाँ आफैंले भन्नुभएको छ, उहाँ स्थल मार्गबाट इन्डिया गएको थिएँ भन्नुभएको छ । कहिले जानुभएको थियो ? उहाँलाई सोध्नु पर्यो ?'
यस अघि गृहमन्त्री अर्यालले दिएको एक अन्तर्वार्तामा खडका विदेश भागेको र अन्य नेताहरु पनि भाग्ने तयारीमा रहेको विवादस्पद अभिव्यक्ति दिएका थिए । गृहमन्त्रीको त्यस्तो अभिव्यक्ति आएको अर्को दिन पुर्व उर्जामन्त्री खड्का आज सोमबार बिहान बुढानिलकण्ठस्थित आगजनी भएको आफ्नै निवासमा सार्बजनिक भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’